कीर्तिपुरको मेयरका लागि कांग्रेसबाट ११ जना सिफारिस

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २०, नेपाली कांग्रेसको कीर्तिपुर नगर समितिले १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि आकांक्षी ११ जनाको नाम क्षेत्रीय समितिमा सिफारिस गरेको छ ।

नगर समिति सभापति कृष्णमान डंगोललाई पहिलो नम्बरमा राखेर नाम पठाइएको छ ।

त्यसपछि क्रमशः बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिस भएको छ ।

पहिलो नम्बरमा नाम सिफारिस भएका कृष्णमान वर्तमान नगर सभापति हुन् ।

तेस्रो कार्यकालका लागि नगर समिति सभापति रहेका उनी ललितकला क्याम्पसका पूर्वस्ववियू अध्यक्ष हुन् ।

दोस्रो नम्बरमा सिफारिस भएका बद्रीलाल नगरका पूर्वसभापति र पुराना नेता हुन् ।

मेयरको टिकटका आकांक्षी हिमाल कार्कीको नाम तेस्रो स्थानमा राखेर सिफारिस गरिएको छ ।

काठमाडौं पार्टी जिल्ला सदस्य रहेका कार्की काठमाडौं–१० का प्रतिनिधि सभाका सांसद राजन केसी निकट छन् ।

निधन भएका मेयर राजकुमार नकर्मीकी पत्नी जमुनाको चौथो नम्बरमा सिफारिस गरिएको छ । पेशाले अधिवक्ता जमुना राजनीतिमा कम क्रियाशील छिन् ।

नेपाली कांग्रेसको विधान अनुसार प्रत्येक तहले एक जना महिलाको नाम अनिवार्य राखेर बढीमा तीन जनाको नाम सिफारिस गर्ने व्यवस्था छ ।

 

प्रकाशित : 5 November, 2024

प्रतिक्रिया दिनुहोस्