परराष्ट्रमन्त्री आरजु देउवा १३ मंसिरमा बेइजिङ जाने

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २८, परराष्ट्र स्रोतका अनुसार परराष्ट्रमन्त्री आरजु राणा देउवा १३ मंसिरमा बेइजिङ जाने भएकी छिन् । समकक्षी वाङ यी को निमन्त्रणमा उनी चीनको राजधानी उड्न लागेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर तेस्रो साता गर्ने चीन भ्रमणको तयारीका लागि राणा बेइजिङ जान लागेकी हुन् ।

राणाले मंगलबार परराष्ट्र मन्त्रालयमा सचिव लगायत विभिन्न कर्मचारीलाई बोलाएर भ्रमण तयारीका लागि छलफल गरेकी थिइन् । त्यसअघि उनले सोमबार चिनियाँ राजदूत चेन सोङसँग मन्त्रालयमा छलफल गरेकी थिइन् ।

 

 

 

प्रकाशित : 13 November, 2024

प्रतिक्रिया दिनुहोस्