चर्चित क्रिकेट खेलाडी मोहमद नाबीले गरे सन्यास लिने घोषणा

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २८, अफगानिस्तानका चर्चित क्रिकेट खेलाडी मोहमदे नाबीले एकदिवसीय अन्तराष्ट्रीय क्रिकेटबाट सन्यास लिने घोषण गरेका छन् ।

अफगानिस्तानको क्रिकेटलाई विश्वस्तरमा पुर्याउन मोहमद नाबिको महत्वपुर्ण योगदान रहेको छ ।  ३९ बर्षीया मोहमद् नाबीले सन् २०२५ मा पाकिस्तानमा आयोजना हुने च्याम्पियन्स ट्रफीलगत्तै एकदिबसिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।
अफगानिस्तान विरुद्धको एकदिवसीय श्रीङखलापछि मोहमद नाबीले यस्तो घोषण गरेका हुन् । मोहमद् नाबी सन् २००९ देखि अफगानिस्तानको राष्ट्रिय टोलीबाट खेलिरहेका छन् ।

यो अवधिमा उनले देशकालागी एकसय ६७ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगीता खेलेका छन् । मोहमद् नाबि हाल एकदिबसिय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकै नम्वर एक अल्राउन्डर खेलाडी पनि हुन् । उनले अफगानिस्तानकालागी थुप्रै टेष्ट र टि २० अन्तर्राष्ट्रिय प्रतियोगीता पनि खेलिसकेका छन् ।

प्रकाशित : 13 November, 2024

प्रतिक्रिया दिनुहोस्