प्रधानमन्त्री ओली चिनियाँ कार्ड खेल्न मात्र चिन जाँदै हुनुहुन्छ: प्रचण्ड
काठमाडौं । कात्तिक २९, पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चिनियाँ कार्ड’ खेलिरहेको आरोप लगाउँदै द हिन्दूमा एक अन्तर्वार्ता दिएका छन् ।
अन्तर्वार्ताको प्रश्न \उत्तरमा प्रचण्डले नयाँ सरकारको नीतिका कारण नेपाल-भारत सम्बन्ध तनावमा रहेको र सीमा विवाद पुनः जागृत हुने खतरा रहेको बताएका छन् ।
प्रचण्डले आफ्नो नेतृत्वको पछिल्लो १८ महिने सरकारको कार्यकालमा नेपाल-भारत सम्बन्धलाई ‘नयाँ उचाइ’मा पुर्याएको दाबी गरेका छन् ।
अन्तर्वार्ताको प्रश्न \उत्तरमा -प्रधानमन्त्री ओली छिट्टै बेइजिङ जाँदैछन्, र अधिकारीहरूले भारतले अहिलेसम्म उनलाई कुनै निमन्त्रणा नदिएको उल्लेख गरेका छन् । समस्या कहाँ छ?
यो प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारको अपरिपक्वताको प्रमाण हो। उनीहरूले दुवै छिमेकी देशहरूसँगको सम्बन्धमा न्यूनतम् परिपक्वता देखाउनुपर्थ्यो।
केपीजी द्विपक्षीय भ्रमणको लागि चीन जाँदैहुनुहुन्छ, तर यो भ्रमण बढी ‘चाइना कार्ड’ खेल्नका लागि मात्र भएको देखिन्छ, जुन गलत हो।
हाम्रो इतिहास, संस्कृति र भूगोलले हामीले हाम्रो सम्बन्धलाई सन्तुलित राख्नुपर्छ भन्ने देखाउँछ, र उहाँले चीन जानुअघि नेपालको भारतसँगको विशेष सम्बन्धलाई स्वीकार गर्नुपर्छ। यस्तो हुनुहुँदैन थियो।
तपाईंले गत वर्ष भन्नुभएको पोखरा र भैरहवा विमानस्थलमा थप हवाइ रुटका लागि गरेको नेपालको अनुरोधलाई भारतले अस्वीकार गर्नु र चिनियाँ लगानी भएको कुनै पनि जलविद्युत वा सामान खरिद गर्न भारतले अस्वीकार गर्नु दिल्ली र काठमाडौंबीचका दुई प्रमुख मुद्दा हुन्। यसको समाधान के होला ?
जलविद्युत्को विषयमा, भारत र नेपालले गत वर्ष गरेको ऐतिहासिक सम्झौताहरूको घोषणामा भारतले १० हजार मेगावाट विद्युत् खरिद गर्ने सम्झौता पनि समावेश थियो। पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अघि बढाउनका लागि पनि हामी सहमतिको नजिक थियौं। मलाई लाग्छ, यदि मलाई अर्को छ महिनासम्म सत्तामा रहन दिइएको भए, त्यसलाई अन्तिम रूप दिने थियौं।
सीमा समस्याको (सुस्ता-कालापानी-लिम्पियाधुरा) बारेमा पनि मोदीजीले हामीबीच भएको गहिरो संवादबाट यो मुद्दा समाधान हुने बताउनु भएको थियो र भारतले नेपाललाई पनि त्यो सन्देश पठाएको थियो। अहिलेको अवस्थामा फेरि यो मुद्दा ठूलो समस्या भएर आउने खतरा छ भन्ने मलाई लाग्छ। हामीले सचेततापूर्वक अघि बढ्न आवश्यक छ, सम्बन्ध सुधार गर्न र यो समस्या समाधान गर्न जरुरी छ।