रविविरुद्ध रुपन्देहीमा मुद्दा चल्ने वा नचल्ने यकिन छैन : जिल्ला न्यायाधिवक्ता
सहयात्रा टिभी
काठमाडौं । कात्तिक ३०, रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी अभियोगमा रुपन्देहीमा मुद्दा चल्ने वा नचल्ने यकिन भई नसकेको जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले जनाएको छ ।
बुटवलको सुप्रिम सहकारीको बचत हिनामिनाको आरोपमा भैरहवामा तीन दिनको बयान सकिएपनि अन्य आरोपितको बयान लिएपछि मात्रै मुद्दा चल्ने नचल्ने यकिन हुने छ ।
आरोपितको बयानपछि रविसँग पुनः बयान लिनुपर्ने हुनसक्ने र त्यसका आधारमा मुद्दा चल्ने नचल्ने यकिन हुने जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका प्रमुख न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए ।
लामिछानेविरुद्धमा परेको सहकारी ठगी सम्बन्धी कसुरमा भैरहवामा मंगलबारदेखि बिहीबारसम्म साढे २३ घण्टाको बयानमा ७४ वटा लिखित प्रश्नमा सवाल जवाफ भएको थियो ।