हुम्लामा रास्वपाको उम्मेदवार अपहरण भएको दाबी

सहयात्रा टिभी

काठमाडौं । मंसिर २, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हुम्लाको सर्केगाड गाउँपालिकामा आफ्नो उपाध्यक्ष पदका उम्मेदवारलाई अपहरण गरिएको दाबी गरेको छ ।

पार्टीका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आफ्ना उम्मेदवार सुजाता थापालाई उम्मेदवारी नदिन धम्क्याएको भन्दै आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

रास्वपाका अनुसार थापाले उम्मेदवारी मनोनयन दर्ताको तयारी गरिरहेका बेला शनिबार दिउँसो १ बजेतिर अपहरणको शैलीमा अज्ञात स्थलतर्फ लगिएको थियो ।

पत्रमा रास्वपाका उम्मेदवार र उनको परिवारलाई त्यसरी अपहरण शैलीमा अज्ञात स्थलमा लछारपछार गरेर उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जे पनि हुनसक्ने भन्दै यातना दिइएकाले थापा र उनको परिवार मानसिक तनावमा देखिएको भनिएको छ ।

हालसम्म असुरक्षाका कारण थापा उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुगेको रास्वपाको दाबी छ ।

आइतबार दिउँसो फोनमा सम्पर्क गर्दा पनि थापाले आफू श्रीमान्सँगै घरमा रहेको जानकारी गराएको प्रहरीले जनाएको छ ।

आफूहरुले समाचारहरुमा अपहरण गरिएको भन्ने आएकाले के हो भन्ने सोध्दा थापाले त्यस्तो नभएको बताएको खनालले जानकारी दिए ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले पनि आफूले थापासँग कुरा गरेको भन्दै अपहरणमा परेजस्तो नलागेको बताए ।

 

प्रकाशित : 17 November, 2024

प्रतिक्रिया दिनुहोस्