छविलाल जोशीलाई काठमाडौं अदालतमा पेस गरिँदै

सहयात्रा टिभी

काठमाडौं । मंसिर ५,सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवं नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिँदैछ ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोप लागेका जोशीलाई बयानका लागि हिजो पोखराबाट काठमाडौं ल्याइएको थियो । केही दिनअघि जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

यसअघि सुप्रिम सहकारीको बचत हिनामिनाको आरोपमा जोशीलाई बयानका लागि रूपन्देही लगिएको थियो । जोशी असोज ६ गते काठमाडौंबाट पक्राउ परेका थिए । स्वर्णलक्ष्मीको रकम अपचलनमा कुमार रम्तेलको बयानपछि जोशीलाई बयानका लागि काठमाडौं ल्याइएको हो ।

प्रकाशित : 20 November, 2024

प्रतिक्रिया दिनुहोस्