मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने

सहयात्रा टिभी

काठमाडौं । मंसिर ७ , धरहरा  मंसिर ९ देखि सःशुल्क सञ्‍चालनमा आउने  जानकारी प्राप्त भएको छ ।

मन्त्रिपरिषद्‍को बैठकले धरहरा सञ्‍चालन नहुँदासम्‍म अन्तरिम रूपमा शुल्क लिएर धरहरा सञ्‍चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा १० वर्ष मुनिका बालबालिका, विद्यार्थी, ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई छुट दिने निर्णय समेत भएको छ ।

संविधान दिवसका अवसरमा सर्वसाधारणका लागि खोलिएको धरहराको टुप्पो पुर्‍याउने लिफ्ट दुई महिनामै बिग्रिएको थियो ।

विनातयारी सरकारको १ सय दिनको काम देखाउने हतारोमा चलाइएको धरहरा लिफ्ट बिग्रेर पछिल्लो दुई दिन बन्द रहेको थियो ।

 

प्रकाशित : 22 November, 2024

प्रतिक्रिया दिनुहोस्