=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


प्रचण्डले चाइना कार्ड खेल्न खोजेको भनेर दिएको अभिव्यक्ति सच्याए

सहयात्रा टिभी

काठमाडौं । मंसिर १०, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कार्ड खेल्न खोजेको भनेर दिएको अभिव्यक्ति सच्याएका छन् ।

 

उनले आफू पहिलोचोटि प्रधानमन्त्री हुँदा पनि पहिलो भ्रमण चीनकै गरेको बताएका छन् । आफ्नो चीन भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा प्रचण्डले कुन देश पहिला जाने भन्ने निर्णय नेपालका प्रधानमन्त्रीले लिने विषय भएको बताए ।

‘मैले पहिला चीन भ्रमण गरेर भ्रमण भ्रमण गर्ने परम्परा तोडें । पहिलो कहाँ जाने भन्ने नेपालको निर्णय हो’, प्रचण्डले भनेका छन् ।

छलफलका क्रममा प्रचण्डले चर्चामा रहेको आफ्नो अन्तर्वाताबारे प्रष्टोक्ति पनि दिएका थिए । ‘उहाँले चाइना कार्ड खेल्न खोजेको भनेको होइन, राजनीतिका सवालमा जस्तो कार्ड खेल्ने काम नहोस् भनेको हो’, उनले आफ्नो अभिव्यक्ति सच्याउँदै प्रष्ट पारेका थिए ।

दुई साताअघि हिन्दुमा ‘प्रधानमन्त्री ओलीले चाइना कार्ड खेल्न खोजेको’ शीर्षकमा प्रचण्डको अन्तर्वार्ता प्रकाशित भएको थियो । ओलीले त्यसको प्रतिवाद गरेका थिए ।

प्रकाशित : 25 November, 2024

प्रतिक्रिया दिनुहोस्