नेप्से परिसूचक ३३.४१ अंक बढ्यो

सहयात्रा टिभी

काठमाडौं । मंसिर ११, अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३३.४१ अंक बढेको हो ।

मंगलबार सेयर बजारले २७ सय अंक पार गरेको छ । सो अंकको वृद्धिपछि नेप्से २७१६ अंकमा पुगेको छ ।

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ३४ करोडको भएकोमा यस दिन ७ अर्ब ४४ करोडको कारोबार भयो ।

२११ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै सेक्टरका सूचक बढेका छन् ।  तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । राष्ट्र बैंकले समस्याउन्मुख घोषणा गरेको कर्णाली विकास बैंकको मूल्य ८.४ प्रतिशत घट्यो । सामुदायिक लघुवित्तको ८.१, बेस्ट फाइनान्स ६.१ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स, ङादी ग्रुप पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, कर्णाली विकास बैंक र जानाकी फाइनान्स क्रमशः अगाडि रहे ।

 

प्रकाशित : 26 November, 2024

प्रतिक्रिया दिनुहोस्