बीआरआइबारे निर्णय लिन छलफलमा कांग्रेसका शीर्ष नेताहरू

सहयात्रा टिभी

काठमाडौं । मंसिर १२, सत्तारुढ ठूला दलहरू नेकपा एमाले र नेपाली कांग्रेसबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ) बारे फरक मत रहिरहँदा सोही विषयमा अहिले नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

बीआरआइकै विषयमा निर्णय लिन भन्दै काँग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । पार्टी सभापति शेरबहादुर दउवाको निवासमा कांग्रेसका शीर्ष नेताहरुले बीआरआईका बारेमा अहिले छलफल गरिरहेका छन् ।

बैठकमा सभापति देउवासहित पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, सिटौलालगायत सहभागी रहेका पार्टी स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमको तयारीमा रहेका बेला काँग्रेसले बीआरआईका नाममा ऋण लिन नहुने बताउँदै आएको छ ।

प्रकाशित : 27 November, 2024

प्रतिक्रिया दिनुहोस्