क्रिकेट डिभिजन २ को तयारीका लागि नयाँ प्रशिक्षक नेपाल आउँदै

सहयात्रा टिभी

क्यान आइसिसि बाट निलम्बित रहेको अवस्थामा नेपाली कृकेट अन्योलतामा गुज्रिरहेको छ । अहिको अवस्थामा नेपाली कृकेटलाई आइसिसि आँफैले हेरिहेको छ ।
आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा रहेको नेपाली रास्ट्रीय क्रिकेट टिम ले फेब्रुवरी ८ देखि १५ तारिखसम्म नामिबियामा हुने खेलमा सहभागिताका लागि नेपाली टिम हाल टियु मैदानमा प्रशिक्षणरत छ ।
डिभिजन २ मा नेपाल सहित युएई, केन्या, नामिबिया, ओमान र क्यानडा सहभागी हुने छन्। ६ टिम मध्ये उत्कृस्ट २ हुने टिम एकदिवसीय बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ। नेपाल बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौँ स्थानमा रही डिभिजन २ मा झरेको हो । यस खेलका लागि नेपाली टिमलाई सघाउन आइसिसिले विदेशी प्रशिक्षक नियुक्ति गर्ने छ ।
नेपाली टिमका प्रशिक्षक जगत टमाटाका अनुसार “नेपालको अभ्यासलाई सघाउन आईसीसीले एकजना बिदेशी प्रशिक्षकको ब्यबस्था गर्ने छ जसमा भारतीय प्रथम श्रेणी क्रिकेटर तथा मुम्बई क्रिकेट टिमका प्रशिक्षक रहीसकेका सुलक्षण कुलकर्नी नेपाल आउने सम्भावना बढी रहेको छ ।” सुरुमा भारतीय प्रशिक्षक मोन्टि देशाइ आउने चर्चा चलेता पनि कार्यकाल छोटो हुने भएकाले देसाईले आउने चाहाना देखाएनन्।
कुलकर्नीसँगै अन्य २ जना प्रशिक्षकहरुको प्रस्ताब आईसीसीले गरे पनि नेपाली टिमले कुलकर्नीलाई रोज्दै आईसिसीलाई जानकारी गराएको छ तर आइसीसीको अन्तिम निर्णय भने आउन बाँकी रहेको छ।

 

 

 

 

कुल्कर्नी भारतका पुर्व प्रथम श्रेणीका क्रिकेटर हुन । उनले विकेट किपरको भुमिकामा सन् १९८५ देखि २००२ सम्म भारतका घरेलु टोलीहरु मुम्बई, मध्य प्रदेश, आसाम, रेलवेज र विदर्भाका लागि रंजी ट्रफी क्रिकेट खेलेका थिए । कुलाकर्नीले ६५ प्रथम श्रेणी र १३ लिस्ट ए क्रिकेट खेलेका छन् । प्रथम श्रेणीमा ३३३२ रन बनाउने क्रममा ६ शकत र १३ अर्धशतक १२२ क्याच र २१ स्टम्पिंग गरेका छन् भने लिस्ट ए क्रिकेट मा १३० रन बनाउदै १० क्याच र २ स्टम्पिंग गरेका छन् । २००२ पछी सन्यासको घोषणा गरेका उनले त्यसपछि प्रशिक्षकको भूमिका निर्वाह गर्दै आईरहेका छन् ।

प्रकाशित : 17 January, 2018

प्रतिक्रिया दिनुहोस्