सुनको मूल्य ४ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सहयात्रा टिभी

काठमाडौं । मंसिर १६, नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ४०० रुपैयाँ घटेर तोलामा १ लाख ५० हजार ५०० रुपैयाँ कायम हुन पुगेको छ ।

यस्तै चाँदीको मूल्य पनि अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँ घट्दै १ हजार ८४० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८४५ रुपैयाँ कायम गरिएको थियो ।

 

 

प्रकाशित : 1 December, 2024

प्रतिक्रिया दिनुहोस्