कीर्तिपुर–४ को अध्यक्षमा नेपाली कांग्रेस विजयी

सहयात्रा टिभी

काठमाडौं । मंसिर १७, कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेस उम्मेदवार राजेन्द्र बानियाँ १ हजार १५५ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ८०६ मत प्राप्त गरिन् । तेस्रो स्थानमा रहेको नेकपा एमालेका बद्री बुढाथोकीले ४६० मत प्राप्त गरे । माओवादी केन्द्रका उम्मेदवार नारायण विष्टले ३८१ मत प्राप्त गरेका छन् ।

 

 

 

प्रकाशित : 2 December, 2024

प्रतिक्रिया दिनुहोस्