कोशीको आन्तरिक मामिलामन्त्रीमा रेवतीरमण भण्डारी नियुक्त

काठमाडौं । मंसिर १७, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रेवतीरमण भण्डारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गर्ने भएका छन् ।
मानव तस्करी प्रकरणमा मुछिएका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएपछि उनको ठाउँमा भण्डारीला नियुक्त गर्न लागिएको हो ।
एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीमा रहेका भण्डारी संविधानसभा सदस्यसमेत हुन् ।
कोशीमा स्वास्थ्य मन्त्रालय पनि नेतृत्वविहीन छन् । भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईले नै यो मन्त्रालय सम्हालिरहेका छन् । डाक्टर शेखर कोइराला पक्षले नाम नदिएका कारण राईले दोहोरो जिम्मेवारी सम्हालिरहेका हुन् ।