एनपीएल : सुदूरपश्चिमविरुद्ध टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौं । मंसिर १८, नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत आज पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९ बजेबाट हुने खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
सुदूरपश्चिमको यो पहिलो खेल हो र विराटनगरले आफ्नो दोस्रो खेल खेल्दैछ । दुवै टोली पहिलो जितको खोजीमा मैदानमा उत्रनेछन् । विराटनगरले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटको हार बेहोरेको थियो ।