दिगो विकास लक्ष्यमा नेपालले उल्लेखनीय प्रगति बढ्दो : अर्थमन्त्री पौडेल

सहयात्रा टिभी

काठमाडौं । पुष २, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको बताएका छन् ।

उनले निश्चित लक्ष्यसहित स्पष्ट आन्तरिक राजस्व परिचालन रणनीति तर्जुमा गरी प्रभावकारी कार्यान्वयनको आवश्यकता पनि औंल्याए ।

अर्थमन्त्री पौडेलले हाल विश्व्यापी देखापरेका आर्थिक तथा सामाजिक अनिश्चितता, भूराजनीतिक समस्या, सार्वजनिक ऋणको बढ्दो भार र आर्थिक असमानतालाई सामूहिक प्रयासबाट समाधान गर्नुपर्ने बताए ।

अर्थतन्त्रमा निजी क्षेत्रको लगानी सदैव प्रोत्साहित गरिनुपर्नेमा उनको जोड थियो । उनले सक्षम नियामकीय संयन्त्र, प्रभावकारी सार्वजनिक सेवा प्रवाह एवं अनुकूल व्यावसायिक वातावरण अभावमा धेरैजसो अल्पविकसित देशले उल्लेखनीय रूपमा वैदेशिक लगानी आप्रवाह विस्तार गर्न नसकेको पनि बताए ।

कम विकसित र विकासोन्मुख देशका लागि सार्वजनिक ऋण व्यवस्थापन अर्को महत्त्वपूर्ण मुद्दाका रूपमा रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले आगामी दिनमा उत्पादनशील एवं प्रतिफलयुक्त क्षेत्रमा मात्रै सार्वजनिक ऋण उपयोग गर्नुपर्ने धारणा पनि व्यक्त गरे ।

 

प्रकाशित : 17 December, 2024

प्रतिक्रिया दिनुहोस्