सपना बारे केही तथ्यहरु

सहयात्रा टिभी

सपना हाम्रो जीवनको एक सामान्य परिघटना हो । यद्यपी कतिपय मानिसहरुलाई यसको बारेमा अति सामान्य तथ्यहरु थाह नहुन सक्छ ।
१ निन्द्रामा घुरिरहेको मानिसले सपना देखिरहेको हुँदैन ।

२ यदि कसैले म सपना देख्दिन भन्छ भने बुझ्नुहोस कि त्यो ब्यक्तिले सपना देखेर बिर्सिइ सक्यो ।
३ एउटा सामान्य मानिसले बिउजने बित्तिक्कै आधा सपना र त्यसको १० मिनेट पछि ९० प्रतिशत सपना विर्सिइ सकेको हुन्छ ।
४ दृष्टीबिहीन ब्यक्तिहरुले पनि सपना देख्छन् । जो जन्म पछाडी दृष्टीबिहीन भएका हुन्छन् उनीहरुले विभिन्न तस्वीरहरु देख्छन् भने जन्मजात दृष्टीबिहीनहरुको सपनामा विभिन्न बस्तुहरुको आवाज, स्पर्श, बासना आउने गर्दछ ।
५ धेरै जसो सपनाहरु नकारात्मक हुन्छन् ।

 

 

 

 

६ महिला र पुरुषहरुको सपना अलगअलग हुन्छ । पुरुषहरुले धेरैजसो पुरुषहरुकै बारेमा सपना देख्छन् भने महिलाहरुले महिला र पुरुष दुबैको बारेमा समान रुपमा देख्छन ।
७ यदि कसैले सपनामा फोहोर पानी देख्छ भने बुझ्नुहोस की त्यो ब्यक्ति अस्वस्थ छ ।

प्रकाशित : 18 January, 2018

प्रतिक्रिया दिनुहोस्