काठमाडौं । पुस १०, काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउ पजहरुको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार ठूलो गोलभेँडा भारतीयको थोक मूल्य ८० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै, लोकल सानो गोलभेँडा ५०, तितो करेला ९०, लौका ८०, परवर लोकल ९०, परवर तराई १२०, पाकेको फर्सी ५०, हरियो फर्सी लाम्चो २०, हरियो फर्सी डल्लो २०, भिण्डी १२०, बरेला ६०, पिडालु ८०, स्कुस २५, रायो साग २०, पालुङ्गो साग ८०, चमसुरको साग ८०, तोरीको साग ४०, मेथीको साग ८०, हरियो प्याज ५०, बकुल्ला ११०, तरुल ७०, कन्य च्याउ १४०, डल्ले च्याउ २८०, ब्रोकाउली ७० र रातो बन्दा ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।