बस र ट्रकमा आगजनी
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
तनहुँ । तनहुँको रिसिङ र बेलभन्ज्याङमा शुक्रबार राति अज्ञात समूहले बस र ट्रकमा आगजनी गरेको छ । रिसिङ –६ चालिसेमा अपरिचित समूहले एउटा बसमा आगो लगाउँदा बस जलेर पूर्ण रुपमा ध्वस्त भएको छ । आठ नौ जनाको समूहमा आएका अपरिचित व्यक्तिले पार्किङ गरिराखिएको ना ६ ख ३५२५ नं को बसमा आगो लगाएको प्रहरीले जनाएको छ । उक्त समूहले चालक र सहचालकलाई खुकुरी देखाई बाहिर निकालेर आगो लगाएको र त्यसको तीव्र खोजी भइरहेको जनाइएको छ ।