साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका भरत जंगम रिहा

सहयात्रा टिभी

काठमाडौं । पुस १५, साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका भरतमणि जंगम र लुमन दाहाल रिहा भएका छन् ।

७ पुसमा पक्राउ परेका जंगम र दाहाललाई गत शुक्रबार रिहा गरिएको हो । सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध परेको १ करोड ६ लाखको उजुरीमा ‘गुड फर पेमेन्ट’ चेक दिएर उनीहरू रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले बतायो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको रोहबरमा उनीहरूलाई गत शुक्रबार रिहा गरिएको हो । जंगम साई स्वाग सहकारीका अध्यक्ष हुन् भने दाहाल तत्कालीन कोषाध्यक्ष हुन् ।

प्रकाशित : 30 December, 2024

प्रतिक्रिया दिनुहोस्