काठमाडौंमा दिउँसो भूकम्पको धक्का महसुस

सहयात्रा टिभी

काठमाडौं । पुस १८, काठमाडौंमा दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।

बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको धक्का महसुस भएको हो ।

यसअघि पुस १६ गते बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्‍याग्निच्यूडको भूकम्प गएको थियो ।

 

 

 

प्रकाशित : 2 January, 2025

प्रतिक्रिया दिनुहोस्