त्रिविले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्ने

सहयात्रा टिभी

काठमाडौं । पुस २९, त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न समिति बनाएको छ ।

त्रिविका उपप्राध्यपक डा.जीवन काफ्लेको संयोजकत्त्वमा तीन सदस्यीय समिति बनाइएको रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले बताए ।

नफर्किएका शिक्षकको खोजबिन सुरु गरिएको समितिका संयोजक काफ्लेले बताए । विश्वविद्यालयको नियममा ५ वर्षसम्म अध्ययन बिदामा बस्न पाउने प्रावधान छ ।

३ वर्षसम्म अध्ययन बिदा पूरा गरेकाले कम्तीमा ३ वर्ष र सोभन्दा बढी बिदा उपभोग गरेकाले कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ ।

यदि नफर्किएमा वा सेवा नगरेमा खाएको तलब १२ प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्ने नियम छ । बिदामा बस्दा शिक्षकले नेपाली कागजमा फर्किने कबुलियतनामा गरेको हुन्छ । नफर्किएमा जायजेथाबाट भएपनि खाएको रकम असुल गर्ने भनिएको छ ।

 

प्रकाशित : 13 January, 2025

प्रतिक्रिया दिनुहोस्