माओवादी केन्द्रको पदाधिकारी बैठक सर्यो
सहयात्रा टिभी
काठमाडौं । पुस २९, नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । सोमबार दिउँसो बस्नेगरी तय भएको बैठक अब बुधबार (माघ २) गते मात्रै बस्ने जानकारी प्राप्त भएको छ ।
उनका अनुसार बैठकमा पार्टीका नेताहरूको कार्यविभाजनबारे छलफल हुने छ ।
बैठक आज बस्ने तय गरेका थियौं । पार्टीको पछिल्लो पटक बसेको केन्द्रीय समिति (पुस २१ देखि २३ ) पछि बस्न लागेको यो पहिलो पदाधिकारी बैठक हो ।
नेताहरूको कार्यविभाजनबाहेक अन्य विषयमा सो दिन छलफल नहुने पौडेल बताउँछन् । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’लाई जिम्मेवारी दिनेबारे भने अहिले केही निर्णय नहुने पौडेलले दाबी गरे ।