अदालतमा दुर्व्यवहार गर्ने विरुद्ध अधिवक्ता त्रिपाठीद्धारा जाहेरी
सहयात्रा टिभी
काठमाडौं । माघ ३, जिल्ला अदालत, काठमाडौं परिसरमा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका व्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रहरी कहाँ किटानी जाहेरी दिएका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, त्रिपाठीले प्रहरीमा दिएको ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी कसुरको जाहेरी दर्ता भएको छ ।
कालिमाटीको स्वर्णलक्ष्मी सहकारी अनियमितता प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकेर निस्किँदा बुधबार त्रिपाठीमाथि दुर्व्र्यवहार भएको थियो ।
लगत्तै प्रहरीले उनलाई दुर्व्यवहार गरेको आरोपमा ललित केसीलाई पक्राउ गरेको थियो । अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।