वर्तमान सरकारले नैतिकता गुमाइसकेको प्रचण्डको आरोप
सहयात्रा टिभी
काठमाडौं । माघ ४, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले नैतिकता गुमाइसकेको आरोप लगाएका छन् ।
उनले सरकारले नैतिकता गुमाएकै कारण राजीनामा दिन उचित हुने पनि बताए । शुक्रबार विपक्षी दलहरूको तर्फबाट संयुक्त वक्तव्य जारी गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।
विपक्षी दलहरू देशको स्थितिप्रति निकै चिन्तित भएको भन्दै सरकारले आफूहरूको कुरालाई नजर अन्दाज गरेको खण्डमा विशेष अधिवेशन मात्रै नभइ सडकमै पुग्न पनि सक्ने बताए ।