नेपालले स्कटल्यान्डलाई ७४ रनको लक्ष्य दियो
सहयात्रा टिभी
काठमाडौं । माघ ७, आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले स्कटल्यान्डलाई ७४ रनको लक्ष्य दिएको छ ।
मलेसियाको बाङ्गीमा टस जितेर ब्याटिङ गरेको नेपाल १८ ओभर ५ बलमा ७३ रनमा अलआउट भयो । नेपालकी पूजा महतोले २७ रन बनाइन् । स्कटल्यान्डकी मेसे मसेराले ५ विकेट लिइन् ।
प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेट पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि बुधवार अस्ट्रेलियासँग खेल्नेछ ।
हरेक समूहका शीर्ष तीन टोली ‘सुपर सिक्स’ मा पुग्नेछन् । १९ वर्षमुनिको महिला टी–२० विश्वकपको फाइनल खेल माघ २० गते हुनेछ ।