अदालतमा उपस्थित भए रवि लामिछाने

सहयात्रा टिभी

काठमाडौं । माघ ९, रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने रुपेन्देही जिल्ला अदालतमा उपस्थित भएका छन् ।

अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार बुधवार कार्यालय खुलेलगत्तै लामिछाने हाजिर भएका हुन् ।

उनीविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार अदालतमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो ।

यसको प्रतिवादका लागि केही कानुन व्यवसायीको साथमा मङ्गलवार साँझ नै उनी भैरहवामा आइपुगेका थिए ।

सूचना अधिकारी मरासिनीका अनुसार अदालती प्रक्रियाअनुसार केही समयमै कुन इजलासमा पठाउने निश्चित हुनेछ ।

प्रकाशित : 22 January, 2025

प्रतिक्रिया दिनुहोस्