सशस्त्रका जवानलाई १६ वर्षमै अवकाश दिने व्यवस्था गर्ने गृहमन्त्रीको घोषणा
सहयात्रा टिभी
काठमाडौं । माघ ९, सशस्त्र प्रहरी दिवसको अवसरमा हल्चोकस्थित मुख्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा पेन्सन दिने कानुनी व्यवस्था गर्न लागिएको घोषणा गरेका छन् ।
आफू गृहमन्त्री बनेदेखि नै सुरक्षा निकायको ऐन, कानून बनाउने कार्यमा जोड दिएको बताउँदै उनले भने, ‘सशस्त्र प्रहरीका सम्पूर्ण अधिकृतदेखि जवानहरुको आवाजलाई समेटेर कानून बनाइएको छ ।’
कानुनमार्फत नै सशस्त्र प्रहरी जवानहरुले लामो समयदेखि माग राखेको १६ वर्षमा अवकाशमा जान पाउने सुविधाको व्यवस्था गरिएको उनले घोषणा गरे । ‘आज यो कुरा राख्न पाउँदा मलाई खुशीको अनुभूति भएको छ’, लेखकले भने ।
उनले सशस्त्र प्रहरीको विधेयकलाई केही दिनमै संघीय संसद्मा दर्ता गर्ने तयारी रहेको समेत बताए ।