कार्यव्यस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । माघ १५, हिउँदे अधिवेशनका लागि तयारी तीव्र पारिएको छ। माघ १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनका लागि सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन्। जसअनुसार सभामुख घिमिरेले आज दिउँसो १ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा तय गरिएको छ।
साथै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए।
यसअघि सभामुखले अधिवेशन तयारीका लागि १३ गते सत्तापक्ष र प्रतिपक्ष दलहरुका प्रमुख सचेतकहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए । सोमबार बिहान प्रमुख दलका प्रमुख सचेतकहरूसँग संयुक्तरुपमा छलफल गरेका थिए ।