पूर्वाधार विकास समितिको बैठक कोरम नपुगेपछि स्थगित

सहयात्रा टिभी

काठमाडौं । माघ १६, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ ।

बुधबार बिहान साढे ११ बजे बोलाइएको बैठकमा सांसदहरूको गणपुरक संख्या नपुगेपछि स्थगित गरिएको सभापति दिपक सिंहले जानकारी दिए ।

बिहान साढे ११ बजे बोलाइएको बैठकमा १ घण्टासम्म पनि जम्मा १० जना सांसद मात्रै उपस्थित भएपछि स्थगित गरिएको हो । बुधबारको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूची थियो ।

समितिको बैठकका लागि ५१ प्रतिशत सांसदको उपस्थिति अनिवार्य हुनुपर्छ । हाल २५ सदस्यीय रहेको समितिमा गणपुरक संख्या पुग्न १३ जना सांसद्को उपस्थिति आवश्यक पर्छ ।

 

 

प्रकाशित : 29 January, 2025

प्रतिक्रिया दिनुहोस्