एक महिने माधवनारायणको व्रतालुले शेषनारायणमा गरे स्नान

सहयात्रा टिभी

काठमाडौं । माघ १७, साँखु शालिनदीस्थित माधवनारायणको एक महिने व्रत गरिरहेका व्रतालुले तीर्थयात्राका क्रममा दक्षिणकाली नगरपालिकास्थित शेषनारायण मन्दिरमा पुगेर स्नान साथै पूजा आराधना गरेका छन् ।

एक महिने व्रतमा बसेका व्रतालुले शेषनारायण मन्दिरमुनिको पोखरीमा स्नान गरी शेषनारायण मन्दिरमा पूजा एवं दर्शन गरेका हुन् ।

शेषनारायण मन्दिरमा पूजाका लागि व्रतालु पशुपतिबाट स्नान गरेर शेषनारायण मन्दिर पुगेका हुन् । उनीहरू आजै साँखु फर्किनेछन् ।

एक महिने व्रतमा रहेका माधवनारायणका व्रतालुले माघ शुक्ल प्रतिपदाका दिन शेषनारायणमा स्नानसहित पूजा आराधना गर्ने प्राचीन परम्परा छ । माघ शुक्ल पूर्णिमाका दिन व्रतालुले व्रत समापन गर्छन् ।

 

 

प्रकाशित : 30 January, 2025

प्रतिक्रिया दिनुहोस्