अखिलको टोली मिचिएको सीमा क्षेत्रमा

सहयात्रा टिभी

काठमाण्डौँ ।  माघ-७, भारतबाट सीमा मिचिएको भनिरहँदा अनेरास्ववियुको एक टोली आज छप्कैयातर्फ गएको छ । अध्यक्ष नविना लामासहित १० जनाको उक्त टोली वीरगञ्ज उपमहानगरपालिकामा पर्ने उक्त क्षेत्रमा गइ टोलीले स्थानियबासिन्दा हरुसँग छलफल गर्ने र कति सीमाक्षेत्र भारतीय पक्षबाट मिचिएको छ भन्ने पत्ता लगाई सोही ठाउँमा विरोध प्रदर्शनसमेत गर्ने अध्यक्ष लामाले बताइन् ।

उक्त क्षेत्रमा भारतले ५० बिगाहा सीमा मिचेको भन्दै देशभरि नै विरोध भइरहेको छ । हिजोमात्र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय टोली पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ स्थित छपकैया पुगेर सीमा अतिक्रमण विरुद्ध खबरदारी गरेको छ गरेको थियो । अतिक्रमित क्षेत्रको निरीक्षण पश्चात् क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले पत्रकारहरुसँग, ‘छपकैयामा नाङ्गो रुपमा नेपाली अस्मिता र भूमी लुटिएको छ । यसलाई अविलम्ब रोक्न सरकार समक्ष जोडदार माग गर्दछौं’ भनेका थिए ।

प्रकाशित : 21 January, 2018

प्रतिक्रिया दिनुहोस्