गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा
सहयात्रा टिभी
पोखरा । माघ २२, गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
मन्त्रिपरिषदको सोमबारको निर्णयअनुसार आज सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए । गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको उनको भनाइ छ ।