एलपी ग्यासको भाउ १२ रुपैयाँ ७५ पैसा बढाउने सहित

सहयात्रा टिभी

काठमाडौँ । फागुन २०, सरकारसँग ५ बुँदे सहमति भएपछि एलपी ग्यास उद्योगीहरूले आन्दोलन फिर्ता लिएका छन् ।

 

 

आज मंगलबार भएको ४ घण्टा लामो वार्तापछि सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच ग्यासको भाउ १२ रुपैयाँ ७५ पैसा बढाउने सहित ५ बुँदे सहमति भएको हो ।

सहमतिसँगै अब ग्यासको भाउ प्रतिसिलिन्डर १ हजार ९ सय १० बाट बढेर १ हजार ९ सय २२ रुपैयाँ ७५ पैसा पुगेको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की सहितका सरकारी प्रतिनिधि र उद्योगीबीच भएको छलफलपछि आन्दोलन फिर्ता लिने सहमति भएको हो ।

संघका वरिष्ठ उपाध्यक्ष कृष्णभक्त श्रेष्ठले ५ बुँदे सहमति भएपछि आन्दोलन फिर्ता भएको  जानकारी दिए ।

 

 

प्रकाशित : 4 March, 2025

प्रतिक्रिया दिनुहोस्