अर्थमन्त्री पौडेलले मुलुकलाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकालिने दाबी

सहयात्रा टिभी

काठमाडौँ । फागुन २१, उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकलाई २ वर्षभन्दा अगाडि नै ‘ग्रे लिस्ट’ बाट बाहिर निकालिने दाबी गरेका छन् ।

 

बुधबारका आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशबारे उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

मुलुक ‘ग्रे लिस्ट’मा पुग्नुमा अहिलेको सरकारको नभइ अरु कसैको भूमिका रहेको भन्दै त्यसबारे सदनमा आफूले जानकारी दिने पनि उनले जिकिर गरे ।

‘ग्रे लिस्ट’बाट मुलुकलाई बाहिर निकाल्न दुई वर्षको समय पाइएको भए पनि त्यसअघि नै काम सक्ने उनले बताए । ‘हामीलाई २ वर्षको समय उपलब्ध छ । त्यो भन्दा अगाडि नै मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्छौं,’ उनले भने ।

 

प्रकाशित : 5 March, 2025

प्रतिक्रिया दिनुहोस्