अमेरिकी सहयोग रकमबारे श्वेतपत्र जारी गर्न सरकारसँग आग्रह

काठमाडौँ । फागुन २२, नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकाले उपलब्ध गराउँदै आएको सहयोग रकम र खर्चबारे श्वेतपत्र जारी गर्न सरकारसँग आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद खतिवडाले सरकारसँग यस्तो आग्रह गरेका हुन् । अमेरिकाले दिएको सहयोग रकम दुरुपयोग भयो भनेर बारम्बार चर्चा हुने गरेको भन्दै उनले सहयोग रकम नेपालमा कति आएको हो त्यसबारे सरकारले श्वेतपत्र जारी गर्नुपर्नेमा उनको जोड थियो ।
एनजीओ र आईएजीओको रूपमा नेपाल आएको र अन्य काममा प्रयोग भएको रकम कति छन् भनेर उनले प्रश्न गरेका हुन् ।
अमेरिकाले दिएको सहयोग रकम दुरुपयोग भयो भनेर नेपाललाई नै बदनाम गर्ने काम भइरहेको भन्दै उनले सरकारले यसमा भएको के हो त्यसबारे श्वेतपत्रको रूपमा जारी गर्न आग्रह गरे ।