तीन प्रदेशमा वर्षा हुने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ । फागुन २६, आज पनि देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव परेको छ ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
तराई क्षेत्रमा आज दिउँसो र राति मौसम सफा रहने विभागले जनाएको छ।