कोलोराडोको विमानस्थलमा रोकिराखेको विमानमा आगलागी

काठमाडौँ । चैत १ ,अमेरिकाको कोलोराडोमा रहेको एउटा विमानस्थलमा यात्रु भरिएको विमानमा आगलागी भएको छ ।
विमानस्थलका अधिकारीहरूका अनुसार रोकिरहेको विमानमा आगो लागेको हो । अमेरिकन एअरलाइन्सले उडानका लागि प्रयोग गरिएको विमान बोइङ ७३७–८०० मा आगलागी भएको बीबीसीले जनाएको छ ।
विमानभित्र १ सय ७२ जना यात्रु र ६ जना चालक दलका सदस्य रहेका बेला आगलागी भएपछि उनीहरूमध्ये केही हतारहतार बाहिर निस्किएका थिए । केही यात्रीलाई विमानबाट ओरालेर टर्मिनलमा लगिएको थियो ।
अमेरिकाको सङ्घीय उड्ययन प्रशासन (एफएए) का अनुसरा यात्रुलाई भुइँमा सुरक्षित रूपमा अवतरण गर्न इन्फ्लेटेबल स्लाइडको प्रयोग गरिएको थियो । एफएएले यो घटनाको अनुसन्धान गर्ने बताएको छ ।