नर्सिङ क्याम्पसमा नेविसंघकी विन्दु १ मतले विजयी

सहयात्रा टिभी

काठमाडौं । चैत ६, महाराजगन्ज नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी संघ विजयी भएको छ । नेविसंघबाट सभापतिमा विन्दु पोखरेल २५९ मतका साथ विजयी भइन् । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनकी मनकुमारी बुढाले २५८ मत पाइन् ।

यहाँ सचिव र कोषाध्यक्षमा पनि नेविसंघकै उम्मेदवार विजयी भएका छन् । एक जना सदस्यमा भने अखिल उम्मेदवार विजयी भएकी छन् । यसअघि निरन्तर अखिल विजयी हुँदै आएको थियो ।

प्रकाशित : 19 March, 2025

प्रतिक्रिया दिनुहोस्