सिन्धुलीको शिद्धज्योति शिक्षा क्याम्पसमा नेविसंघको प्यानल विजयी

काठमाडौँ । चैत १०, सिन्धुलीको सिद्धज्योति शिक्षा क्याम्पस स्ववियू निर्वाचनमा नेविसंघका मिलन कुमार भुजेल विजयी भएका छन् । उनले ११४ मत प्राप्त गरे । यहाँ अखिल क्रान्तिकारीकी मन्जुकुमारी रानामगरले ६४ मत पाइन् । स्वतन्त्र उम्मेदवार चन्द्रावती वैजुले ६ मत पाइन् ।
यस्तै सचिवमा नेविसंघकै मनोज श्रेष्ठ, कोषाध्यक्षमा नेविसंघका नविना आचार्य विजयी भए । उनीहरुले क्रमशस् १०६ र ९५ मत पाए । सदस्यहरुमा पनि नेविसंघकै उम्मेदवार विजयी भएका छन् । अन्जना मंग्राती अविनास कार्की पेमा दोर्जे तामाङ रविना बराल र नम्रता कुमारी मंग्राति विजयी भए ।