केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक सुरु
सहयात्रा टिभी
काठमाडौँ । चैत १३, समाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेरदेखि बैठक बसिरहेको हो ।

पछिल्लो समसामयिक राजनीति र आगामी १५ गते हुने गणतन्त्र पक्षधरको आन्दोलन लगायतका विषयमा छलफल गर्न बैठक आह्वान भएको हो ।
