रवीन्द्र मिश्र, धवल शमशेर र स्वागत नेपालसहित १७ जना पक्राउ, दुर्गा प्रसाईं खोज्दै प्रहरी

सहयात्रा टिभी

काठमाडौं । चैत १५, प्रहरीले रवीन्द्र मिश्र, धवल शमशेर राणा सहित १७ जनालाई पक्राउ गरेको छ।

काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शन उग्र रूप लिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले जानकारी दिए।

पक्राउ पर्नेमा मिश्र, राणा, स्वागत नेपाल, सन्तोष तामाङ र सेफोर्ड लिम्बु लगायतका रहेको डिआइजी आचार्यले बताए।

प्रहरीले राजावादीको कमान्डर भनिएका दुर्गा प्रसाईंको पनि खोजी गरिरहेको छ। तर उनी सम्पर्कबिहीन छन्। उनको पनि प्रहरीले खोजी गरिरहेको छ।

प्रहरीसँगको झडपका क्रममा १२ जनालाई भने शुक्रबार दिउँसै पक्राउ गरिएको थियो ।

प्रकाशित : 28 March, 2025

प्रतिक्रिया दिनुहोस्