सहकारी तथा लघुवित्त पीडितहरूले काठमाडौं आएर प्रदर्शनमा उत्रिए

सहयात्रा टिभी

काठमाडौं । चैत १८, सहकारी तथा लघुवित्त पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

विभिन्न सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याजीबाट ठगिएका बचतकर्ताहरू काठमाडौं आएर प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरूले सहकारीमा बेथिति मच्चाउन पाइँदैन, वित्तीय माफियाहरू चाहिँदैन, जनपक्षीय मौद्रिक नीति कायम गर’ लगायतका नारासहित माइतीघरबाट बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् ।

उनीहरूले सहकारीमा बचत गरेको रकमको ग्यारेन्टी हुनुपर्ने, साँवा र व्याजसहित फिर्ता गर्नुपर्ने माग गरेका थिए ।

 

 

 

 

 

प्रकाशित : 31 March, 2025

प्रतिक्रिया दिनुहोस्