सांसद धवल र नेता मिश्र भेट्न दोस्रोपटक हिरासत पुगे लिङ्देन

सहयात्रा टिभी

काठमाडौं । चैत १९, प्रहरी हिरासतमा रहेका राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणासँग अध्यक्ष राजेन्द्र लिङ्देनले दोस्रोपटक भेट गरेका छन् ।

गत शुक्रबार (१५ चैत) काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका उनीहरूलाई लिङ्देनले यसअघि पनि एकपटक भेट गरेका थिए ।

शनिबार साँझ हिरासतमै पुगेर मिश्र र राणासँग भेट गरेका लिङ्देन मंगलबार पुनः उनीहरूलाई भेट्न पुगेका हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतका अनुसार मंगलबार दिउँसो ३ बजेतिर लिङ्देन धवल र रवीन्द्रलाई भेट्न पुगेका थिए ।

लिङ्देनले उनीहरूलाई हिरासत कक्षमै पुगेर भेट गरेका थिए ।

 

 

प्रकाशित : 1 April, 2025

प्रतिक्रिया दिनुहोस्