थाइल्यान्डमा ओली–मोदीसँग पनि भेटवार्ता हुने

काठमाडौं । चैत २०, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भएको छ ।
भारतीय प्रधानमन्त्रीले पनि सम्मेलनमा भाग लिँदैछन् । शिखर सम्मेलनका दौरान दुई मुलुकका प्रधानमन्त्रीबीच शुक्रवार साइडलाइन वार्ता हुने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो ।
बिम्स्टेकको शिखर सम्मेलनमा जाने क्रममा प्रधानमन्त्री ओलीले मंगलवारबाट थाइल्याण्डको औपचारिक भ्रमण पनि सुरु गरेका छन् ।
प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच बुधबार औपचारिक भेटवार्ता सम्पन्न भएको छ । त्यसक्रममा दुई देशका सरकार तथा निजी क्षेत्रबीच विभिन्न सम्झौता एवम् समझदारीपत्रमा हस्ताक्षर भएको छ ।