काठमाडौं महानगरपालिकाका कर्मचारीले रोकिएको तलब पाए

सहयात्रा टिभी

काठमाडौं । चैत २५, काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले तलब पाएका छन् । पछिल्लो तीन महिना रोकिएको तलब सोमबार सबैको खातामा पुगेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिको तीन महिनादेखि तलब रोकिएको थियो । रोकिएको तलब पाउन माग गर्दै कर्मचारीहरूले सरकारसँग आक्रोश समेत व्यक्त गरेका थिए ।

गत पुस ७ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय हाजिर भएका थिए । उनी महानगरमा हाजिर गर्न पुग्दा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो ।

बिहीबार कार्यालय हाजिर गरेका गुरागाईंले भोलिपल्ट नै कर्मचारी र जनप्रतिनिधिलाई तलब दिन तोक लगाइदिएका थिए ।

 

प्रकाशित : 7 April, 2025

प्रतिक्रिया दिनुहोस्