इन्डोनेसियामा शक्तिशाली भूकम्प !

सहयात्रा टिभी

माघ -९, इन्डोनेसियाको राजधानी जाकार्तामा मङ्गलबार बिहान ६।४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि प्रायः सुनामीको खतरा रहने गरेको यस देशमा हालसम्म सुनामीको चेतावनी भने दिइएको छैन । भूकम्पपछि उद्धारका लागि ठूलो सङ्ख्यामा सेना र प्रहरी परिचालन गरिएको छ ।


सो भूकम्पपछि ठूला भवन र कार्यालयहरुबाट नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको भएकाले यहाँका नागरिक अहिले घरबाहिर र सडकमा बसिरहेका छन् । यस भूकम्पको केन्द्रविन्दु जाभा द्वीपको बानटेन प्रान्तबाट ८१ किलोमिटर दक्षिण पश्चिममा १० किलामिटर गहिराईमा रहेको इन्डोनेसियाली भू–गर्भ विभागले जानकारी दिएको छ ।
इन्डोनेसिया विश्वको अन्य भूगोलको तुलनामा भूकम्पको असर परिरहने मुलुक हो । भुकम्पको भौतिक तथा मानबीय क्षतिको एकीन तथ्य बाहिर आइसकेको छैन ।
एजेन्सी

प्रकाशित : 23 January, 2018

प्रतिक्रिया दिनुहोस्