भक्तपुरको सल्लाघारीमा बस पल्टिदा दुई जना घाइते
सहयात्रा टिभी
काठमाडौं । चैत २८, भक्तपुरको सल्लाघारीमाबीच सडकमा गाडी पल्टिदा दुई जना घाइते भएका छन् । बिहीबार बा३ ख२४४६ नम्बरको मध्य उपत्यका बस सेवा समितिको गाडी बिच सडकमा नै पल्टिदा दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसरका डिएसपी ढण्डीराज न्यौपानेले जानकारी दिए ।

तीव्र गतिमा गाडी चलाएको कारण पल्टिएको उनले जानकारी दिए । उनले भने, ‘तीव्र गतिमा गाडी चलाएको कारण पल्टिएको हो । दुई जना सामान्य घाइते हुनुभएको छ ।’ गाडीमा ९ जना यात्रु रहेका थिए ।


