दुर्गा प्रसाईंलाई हत्कडी लगाएर काठमाडौं ल्याइए

सहयात्रा टिभी

काठमाडौं । चैत २९, काठमाण्डौको तीनकुनेमा भएको राजावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलाई प्रहरीलाई पक्राउ गरी काठमाण्डौ ल्याएको छ ।

भारतको असाममा पक्राउ परेका प्रसाईंलाई प्रहरीले झापाबाट विमानमार्फत काठमाण्डौ ल्याएको हो ।

काठमाडौं ल्याउने क्रममा उनलाई हतकडी लगाएर विमानस्थल पुर्‍याइएको हो । बोर्डिङ पास भएर उनी र उनका बडिगार्ड दीपक खड्का अहिले प्लेन समेत चढिसकेका छन् । उनीहरुलाई बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौं ल्याएको हो ।

काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाईं आसामबाट पक्राउ परेका थिए । त्यहाँबाट उनलाई आज बिहान झापा ल्याइएको थियो । विमान चढ्ने क्रममा उनले आफैं पक्राउ परेको भनेका छन् ।

उनलाई नेपाल ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।

 

 

 

प्रकाशित : 11 April, 2025

प्रतिक्रिया दिनुहोस्